८ माघ २०७८, शनिबार

श्रीलङ्काका प्रहरी प्रमुख निलम्बित, नयाँ सुरक्षा प्रमुख नियुक्त

प्रकाशित मिति :  १६ बैशाख २०७६, सोमबार २०:५५


कोलम्बो । श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गरेको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ ।

एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उनले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गरेको हो ।

इस्लामिक स्टेट ‘आईएस’का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उनीमाथि लाग्दैआएको छ ।

राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गरेका थिए । उनले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गरेका छन् ।अघिल्लो आइतबार चर्च र होटलहरुमा भएका विस्फोटनमा परी कम्तीमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका छन् ।

प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि बरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ । उनले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहेका ६९ बर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिएको बताइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा