१२ मंसिर २०७८, आईतवार

आइसीसी विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइँदै

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार ०९:५२


काठमाडौं । आइसीसी क्रकेट विश्वकप ट्रफी दोस्रोपटक नेपाल ल्याइने भएको छ । जेठमा हुने प्रधानमन्त्री कप क्रिकेटका बेला नेपालय इन्टरनेश्नलले ट्रफिलाई नेपाल ल्याउन लागेको हो ।

विश्वकप ट्रफि टुरका बेला नेपाल ल्याइएको सो ट्रफिलाई यसपटक विशेष रुपमा ल्याउन लागेको बताइएको छ । मे चार तारिखका दिन सो ट्रफि नेपाल ल्याइने र केहि घण्टाका लागि राखेर फेरी फर्काइनेछ ।

यसअघि विश्वकप ट्रफि नेपाल ल्याउदा काठमाडौं, पोखरामा प्रर्दशनीमा राखिएको थियो । यसका साथै सो बेला राष्ट्रपति विद्यादेवी भण्डारीले समेत ट्रफि उचालेकी थिइन ।

काठमाडौंमा स्वयम्भु, बसन्तपुर, चन्द्रागिरी लगायतका स्थानमा राखिएको ट्रफि पोखरामा सो बेला पोखरा प्रिमियर लिग भएको पोखरा क्रिकेट मैदान र बाराही मन्दिरमा राखिएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा