११ मंसिर २०७८, शनिबार

जापानका सम्राट आकिहितोले आज गद्दी त्याग्दै

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार १०:१२


एजेन्सी । जापानका सम्राट पचासी वर्षीय आकिहितोले आज मङ्गलवार गद्दीत्याग गर्दैछन्। सन् १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने आकिहितो नै पहिलो सम्राट हुन् ।

आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेका कारण कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भइरहेको भन्दै उनले २०१७ मै राजगद्दी त्याग्न चाहेको बताइसकेका थिए । त्यसपछि संसद्ले उनको गद्दीत्याग सम्भव तुल्याउन कानुन पारित गरेको थियो।

राष्ट्रिय प्रतिकका रुपमा मानिने जापानका सम्राटसँग कुनै राजनीतिक अधिकार हुँदैन । सम्राट आकिहितोले गद्दीत्याग गरेपछि २८ वर्षको उमेरमै युवराज घोषित अक्सफोर्ड विश्वविद्यालयमा पढेका उनका छोरा नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन्। उनकी छोरी राजकुमारी आइको रहेकी छन् ।

जापानमा वर्तमान कानुन अनुसार महिलालाई गद्दी आरोहण अनुमति नहुँदा अब नारुहितोका भाइ राजकुमार फुमिहितो उत्तराधिकारी हुनेछन्। त्यसपछि फुमिहितोका छोरा १२ वर्षीइ हिसाहितो उत्तराधिकारी हुनेछन्।

जापानमा सम्राट परिर्वतन भएसँगै युगको नाम परिवर्तन र्ने चलन रहेको छ । जसका कारण जापान अब ‘राइवा’ युगमा प्रवेश गर्ने छ भने ‘हाइसाई’ युगको अन्त्य भएको मानिनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा