८ माघ २०७८, शनिबार

बालुवाटार जग्गा प्रकरणमा जो मुछिए पनि कारबाही हुनुपर्छ

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार ११:५१


काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा ल्याउन कांग्रेसका नेता दोषी देखिए कारबाही गर्नुपर्ने बताएका छन्।

ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा ल्याउने प्रकरणमा सभापति शेरबहादुर देउवा पनि मुछिएको समाचार आएपछि कडा रुपमा प्रस्तुत हुँदै नेता सिंहले दोषी भए कारबाही हुनुपर्ने बताए।

नेपाल प्रेस युनियन संखुवासभाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले भने, ‘कांग्रेसका नेता हुन् कि अरु पार्टीका नेता हुन्। निष्पक्ष छानबिन गरेर दोषी ठहरिए कारबाही गर्नुपर्छ।’

पत्रकारहरूले बालुवाटार जग्गामा देउवा पनि मुछिए नि१ भन्ने प्रश्न गरेपछि नेता सिंहले जो मुछिए पनि छानबिन गरेर दोषी देखिए कारबाही हुनुपर्ने बताएका हुन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा