११ मंसिर २०७८, शनिबार

लागुऔषधसहित दुई युवा पक्राउ

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार १२:२३


लहान । प्रतिबन्धित लागुऔषधसहित आज बिहान प्रहरीले दुई युवालाई पक्राउ गरेको छ । लहान इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लहान नगरपालिका–१९ गाढास्थित आँपको बगैँचाबाट प्रतिबन्धित लागुऔषधसहित वडा नं ३ निवासी २६ वर्षीय श्रवणकुमार यादव र वडा नं ८ निवासी २९ वर्षीय अर्जुनकुमार महतोलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैको साथबाट फेनारगन २०१ एम्पुल, डाइजेल्याप २३८ एम्बुल र नोर्फिन २२० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधवराज खरलेले बताए ।

भारतीय बजारबाट स ७ प ९३९१ नम्बरको मोटरसाइकलमा सवार दुवैलाई रोकेर जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार महतोले बोकेको ५ लिटरको ग्यालेनमा लागुऔषध फेला परेकाले दुवैलाई पक्राउ गरिएको उनले जानकारी दिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा