२२ मंसिर २०७८, बुधबार
राजनीति

दुई तिहाईको दम्भ नसच्चिए सडकबाटै सरकार ढाल्ने ९ विद्यार्थी संगठनको चेतावनी

प्रकाशित मिति :  १७ बैशाख २०७६, मंगलवार १९:२१


काठमाडौं । संयुक्त ९ विद्यार्थी संगठनले सरकारविरुद्ध वृहत प्रदर्शन गरेको छ । शैक्षिक क्षेत्रको बेथिती, भ्रष्टाचारका ठुला काण्ड, जग्गा अतिक्रमण, विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीमाथिको धरपकड लगाएतको बिषयलाई एजेण्डा बनाएर बिद्यार्थी संगठनहरुले मंगलबार काठमाडौमा प्रदर्शन गरेका हुन् ।

निर्मला पन्त प्रकरण, सिके राउत प्रक्ररण, विद्यार्थीमाथि भइरहेको अन्याय र धर्म संस्कृतिको रक्षालाई पनि उनीहरुले एजेण्डा बनाएका छन् । काठमाडौंको माइतिघरबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगी टुङ्गिएको थियो ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष ऋीषकेश जंग शाहले २ तिहाई बहुमतको बलियो सरकारले जनतालाई निराश बनाएको भन्दै पहिलो चरणको आन्दोलन अनुसार विरोध प्रदर्शन गरेको बताए । उनले बिभिन्न मुद्धामा सरकारको ध्यानाकर्षण गराउन दवावका कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख गरे ।

नेपाल बिद्यार्थी संघ, गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी, बैद्य माओवादी निकट अखिल (क्रान्तिकारी), अनेरास्ववियु (पाँचौ) लगाएतका ९ बिद्यार्थी संगठन एकजुट भएर सरकारविरुद्ध आन्दोलन गरेका हुन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा