नवनियुक्त सदस्यहरूको स्वागत तथा छलफल
इन्द्र रिजाल
बैशाख १७, २०७६ बुधबार १:५४:२२
काठमाडौं । विभिन्न संस्थाबाट प्रतिनिधित्व गर्दै पत्रपत्रिका वितरण सम्परीक्षण समिति ‘एबिसी’मा मनोनयन भएका सदस्यहरूलाई आज प्रेस काउन्सिल नेपालले स्वागत गरेको छ ।
२०७६ बैशाख ११ गतेको मन्त्रीस्तरीय निर्णयानुसार प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० ९२० को खण्ड ९घ० बमोजिम एबिसीको सदस्यकोरूपमा लेखा परीक्षण संघ, नेपाल विज्ञापन संघ र नेपाल उद्योग बाणिज्य महासंघबाट क्रमशः राजु ढकाल, नारायणकुमार श्रेष्ठ र राजकुमार भट्टराई मनोनयन भएका हुन् ।
सो अवसरमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले नवनियुक्त सदस्यहरूलाई स्वागत गर्दै आ।व। २०७४/७५ को पत्रपत्रिकाको वर्गीकरण छिटोछरितो अघि बढाउन सुझाव दिए ।
सदस्यहरूले कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे । काउन्सिल सदस्य खिलबहादुर भण्डारीले पहिलो चरणमा “क” वर्गका पत्रपत्रिकाको मूल्यांकन गर्दा स्थलगत निरीक्षणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।
निमित्त मुख्य अधिकृत दीपक खनालले आ.व. २०७४/७५ मा ८६६ पत्रपत्रिकाको वर्गीकरणको लागि आवेदन परेको जानकारी गराए ।
प्रेस काउन्सिल नेपाल ऐन, २०४८ को दफा १० बमोजिम गठित एबिसीको अध्यक्षमा प्रेस रजिष्ट्रार रहने, प्रेस काउन्सिल, सञ्चार मन्त्रालय, लेखापरीक्षण संघ, बिज्ञापन संघ, उद्योग बाणिज्य महासंघबाट एकरएकजना सदस्य प्रतिनिधित्व हुने व्यवस्था छ । समितिको सचिवकोरुपमा प्रेस काउन्सिलको अधिकृत रहने व्यवस्था छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपदेशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा
चैत १५, २०८० बिहिबार
राप्रपाले इलाममा लक्ष्मी गुरूङलाई बनायो उम्मेदवार
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार