१३ माघ २०७८, बिहीबार

टोटेनहम पहिलो लेगमा पराजित

प्रकाशित मिति :  १८ बैशाख २०७६, बुधबार ०९:००


एजेन्सी । च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा अजाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा प्रिमियर लिग क्लब टोटेनहम डच क्लब अजाक्ससंग १–० गोल अन्तरले पराजित भएको हो ।

खेलको १५ मिनेटमा भान डि विकले गोल गर्दै पाहुना टोलीलाई पहिलो लेगमा अग्रता दिलाउन सफल भएका छन् । घरेलु टोली टोटेनहमलाई फरवार्ड ह्यारी केनको चोट र सन ह्युङ मिनको निलम्बनको अभाव प्रष्ट देखियो ।

अग्रतालाई कायम राखेको खण्डमा अजाक्सले जुन १ मा लिभरपुल र बार्सिलोनाबीचको बिजेतासंग फाइनल खेल्नेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा