Advertisement

काठमाडौं । स्याङजा कपको १२ औ संस्करणमा सहभागिता जनाउन राष्ट्रिय महिला टिमकी सदस्य सरस्वती चौधरी हङकङ पुगेकी छिन् ।हङकङमा प्रत्येक बर्ष आयोजना हुने प्रतियोगिताका लागि आँधिखोला स्पोर्टस क्लबले सरस्वतीलाई हङकङमा आमन्त्रण गरेको हो ।

स्याङजा जनसेवा समिति हङकङद्वारा आयोजित पुरुष तथा महिला भलिबलमा ६ टोली सहभागि छन् । सरस्वतीले आँधिखोला स्पोर्टस क्लबबाट दुई खेल खेल्नेछिन् । उनको टिम वाई पाएर सिधै सेमिफाइनलमा पुगेको छ ।

काठमाडौंमा मंगलबार सकिएको केएनपी महिला भलिबल प्रतियोगितामा एपीएफलाई च्याम्पियन बनाएर सरस्वती हङकङ लागेकी थिईन् ।

Advertisement

नेपाली भलिबलकी स्टार मञ्जु गुरुङले समेत पर्वत क्लबबाट प्रतियोगिता खेल्नेछिन् । प्रतियोगिताबाट उठेको रकम स्याङजा जिल्लाका अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने आयोजकले जनाएको छ ।

Advertisement