मे दिवसमा साझा पार्टीको यस्तो आयो प्रतिवद्धता
इन्द्र रिजाल
बैशाख १८, २०७६ बुधबार १८:४०:२५
काठमाडौं । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा साझा पार्टीले पार्टीको प्रतिवद्धतासहित औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुर तथा किसानहरूमा शुभकामना व्यक्त गरेको छ ।
साझा विवेकशील पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यद्धारा जारी विज्ञप्तीमा नेपालमा गत ७० वर्षयता मूलतस् मजदुर तथा किसानको नाममा राजनीति हुँदै आएको भएता पनि उनीहरूको अवस्था फेरिएको छैन तर उनीहरूको नाममा राजनीति गर्नेहरू अधिकांशको अवस्थामा आमूल परिवर्तन आएको उल्लेख छ ।
मजदुर तथा किसानहरूका लागि गाँस, वास र कपासको संकट त छ नै, महँगो शिक्षा र स्वस्थको कारण उनीहरू अत्यन्त विपन्न र कष्टकर जीवन विताउन वाध्य छन्। गरिव र श्रमजीवि जनताका नाममा नारा लगाएर आफ्नो र याराना पुँजिपति ९क्रोनी क्यापटलिस्ट० हरूको हित गर्ने स्वकेन्द्रीत र भ्रष्ट नेतृत्वबाट नेपाली मजदुर र किसानको उत्थान हुन सक्दैन भन्ने प्रष्ट भइसकेको छ।
विज्ञप्तीमा भनिएको छ,साझा पार्टीले कल्याणकारी लोकतन्त्रको अवधारणा अघि सारेको छ जसले कल्याणकारी राज्यमार्फत समतामुलक संवृद्धिलाई सुनिश्चित गर्दछ। श्रमजिवी जनताको संवृद्धिविना मुलुकको संवृद्धि संभव छैन भन्नेमा हामी स्पष्ट छौं।
हामी तिब्र रोजगारी सृजना, पुरूष तथा महिला दुबैलाई श्रमको समान र न्यायोचित ज्याला, न्यून आय भएकाहरूका लागि निशुल्क शिक्षा, स्वास्थ्य, रासनकार्ड, आवास र सामाजिक सुरक्षाको प्रवन्ध तथा भुमी र कृषि ब्यवस्थामा सुधार र अनुदानको पक्षमा छौँ। साथै, अनौपचारिक क्षेत्रका मजदुरहरुको अभलेखिकरण गरी उनीहरुलाई समेत सामाजिक सुरक्षा उपलब्ध गराउने प्रवन्ध गर्न सरकारसंग माग राख्दछौँ। त्यसका लागि हामी निरन्तर लागि पर्नेछौँ।
तर नेपाली मजदुरहरूको हकहित सम्वन्धी नीति उद्योगधन्दा बिरोधी हुनु हुँदैन भन्नेमा पनि हामी प्रष्ट छौँ। लगानी, उद्यमशीलता, उत्पादनशीलता र दिगो वित्तिय व्यवस्थालाई प्रोत्साहन पुग्ने गरी श्रमजिवि जनताको हितमा नीतिगत प्रस्थान बिन्दु पहिल्याउन सकिने कुरामा साझा पार्टी विश्वस्त छ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
चैत १६, २०८० शुक्रबार
निजी विद्यालयको नाम नेपालीकरण गर्न काठमाडौं महानगरको अल्टिमेटम
चैत १६, २०८० शुक्रबार
पर्यटक नभएपछि अध्यागमन कार्यालय तीन वर्षदेखि सुनसान
चैत १६, २०८० शुक्रबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार