१२ मंसिर २०७८, आईतवार
समाज

काठमाडौंमा डरलाग्दाे हुरिबतास, यात्रुहरुको बिचल्ली, घरमा बस्नेलाई चिन्ता

प्रकाशित मिति :  १८ बैशाख २०७६, बुधबार १९:५०


आँधी

काठमाडौं । आज साँझ काठमाडौंमा हावाहुरीसहित हल्का वर्ष भएको छ । दिनभरी सामान्य रहेको काठमाडौंको मौसममा साँझपख एकाएक बदली भएपछी गन्तव्यमा हिँडेका मानिसहरु अत्यासमा परेका छन् ।

काठमाडौंमा डरलाग्दो आँधी आएको छ । एकैछिन रोकिने र फेरि चल्लने आँधीका कारण यात्रुहरु समस्यामा परेका छन् भने घरमा बस्नेहरु आफन्तको चिन्तामा परेका छन् ।

बङ्गालको खाडीको दक्षिण पूर्वीभागमा भएको धेरै शक्तिशाली चक्रवात, फानी, बिस्तारै उत्तर–पश्चिम दिशातर्फ बढिरहेकाले देशको हिमाली भू–भागमा भारी हिमपात तथा पूर्वी र मध्यका केही स्थानका हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज विज्ञप्ति जारी गर्दै बङ्गालको खाडीको दक्षिण पूर्वी भागमा बनेको शक्तिशाली चक्रवात, फानी, विस्तारै उत्तर–पश्चिम दिशातर्फ अगाडि बढेकाले यसको ठूलो प्रभाव नपरे पनि हिमाली भू–भागमा भारी हिमपात र पूर्वी तथा मध्यका केही स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएकाले मौसमविद्ले सचेत रहन आग्रह गरेको छ ।

उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म नदेखिएता पनि नेपालको पूर्वी र मध्य हिमाली भू–भागमा भारी हिमपात तथा प्रि–मनशुन भएकाले पूर्वी र मध्यका स्थानमा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा