८ माघ २०७८, शनिबार

बझाङमा जीप दुर्घटना : सहचालकको मृत्यु, चालक फरार

प्रकाशित मिति :  १९ बैशाख २०७६, बिहीबार १०:०८


बझाङ । बझाङमा जीप दुर्घटना हुदाँ एकको ज्यान गएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नं ६ स्थित गोमति खोलामा बुधकार राती करिब ९ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर थलारा गाउँपपालिका वडा नं. ५ का उत्त जीपका सहचालक समेत रहेका १९ बर्षिया टिका भट्राईको घटनास्थलमै मृत्यु भएको हो ।

थलारा गाउपालिकाको भिडगाँउबाट विवाहको सामान लिएर फर्कने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

भट्राईसँगै जीपमा रहेका जिप चालक कमल साउँद भने फरार रहेका छन् । साउँद जिप मालिक पनी रहेको र उनको खोजी भई रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

पछिल्लो समय बझाङमा सवारी दुर्घटना हुने क्रम बडेको छ । यही बैसाखको ९ गते मात्र बझाङका लागी धनगढीबाट छुटेको बस डडेल्धुराको साहुखर्कमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा