यिनै हुन् नेपाल टेलिकमको सिममा ‘माफ गर्नुहोला’ भन्ने
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार १३:७:५२
काठमाडौं । फोन व्यस्त हुँदा, अरू कुनै कारणले सम्पर्क हुन नसक्दा वा अन्य जानकारी अथवा सेवा लिन खोज्दा फोनमा महिलाको स्वर बजेको त तपाईँ हामीले सुनेकै छौँ।
उनीहरूले दिने रेकर्ड गरिएका सन्देश सुनेर केही प्रयोगकर्ताहरू झर्को पनि मान्छन्। तर केहीलाई भने ती महिला को हुन् भनेर जिज्ञासा पनि उत्पन्न हुन्छ।
‘तपाईँले डायल गर्नुभएको नम्बर अहिले व्यस्त छ। केही समयपछि पुन: डायल गर्नुहोला।’ नेपाल टेलिकममा सुनिने यो स्वर अनुपमा कर्माचार्यको हो।
नेपाल टेलिकमले मोबाइल सेवाका लागि सन्देश रेकर्ड गराउन कलाकारको खोजी गरेको थाहा पाएपछि उनले आफ्नो स्वर रेकर्ड गरेर पठाइन्। अरू केही कलाकारसँगै उनको स्वर पनि छानियो।
उनै कर्माचार्यको स्वर अहिलेसम्म पनि बजिराखेको छ। त्यस्तै टेलिकममा बज्ने स्वरमध्ये भूमिका थापाको स्वर पनि हो। उनले रेकर्ड गराएको सन्देश अङ्ग्रेजी भाषामा बज्छ। पछि सुरु भएको अर्को निजी दूरसञ्चार कम्पनी एनसेलका लागि सुबानी मोक्तानले पनि आफ्नो स्वर दिएकी छन्।
अनुपमा कर्माचार्यले केही अन्य विज्ञापनमा पनि स्वर दिएकी छन्। हाल उनी नेपाल विद्युत् प्राधिकरणसँग आबद्ध छिन्। भूमिका थापा पहिला रेडियो तथा टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्थिन् भने सुबानी मोक्तान गायिका हुन्। बिबिसीबाट
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपनेपाल टेलिकमले विमानस्थलमा निः शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने
फागुन ११, २०८० शुक्रबार
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा
पुष २४, २०८० मंगलबार
ताँजकोट गाउँपालिकामा ‘फोरजी’ सेवा सञ्चालन
पुष १८, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार