१९ मंसिर २०७८, आईतवार

पूर्बी हिमाली क्षेत्रमा हवाइ उडान बन्द

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १२:१२


काठमाडौं । देशभर आज हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने भएपछि पूर्बी हिमाली क्षेत्रमा हवाइ उडान बन्द भएको छ ।

यसैबिच, नेपाल सरकार गृहमन्त्रालयले भारतमा आएको फोनी चक्रपातको असर नेपालमा पनि परेको भन्दै गृहमन्त्रालयले हिमाली क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

शुक्रबार गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले विशेषगरी हिमाली क्षेत्रमा यसको असर पर्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

केन्द्रले खिउँसो ११ बजे यस बारे जारी गरेको सूचनामा पूर्बी हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने हुँदा सो क्षेत्रमा अहिलेदेखि शनिबा। दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुहरूले सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा