१३ माघ २०७८, बिहीबार

हावाहुरी : सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै  विद्यालय बन्द !

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १२:५८


नवलपुर । भारतमा आउने भनिएको फानी तुफानको सम्भावित प्रभावलाई मध्यनजर गर्दै नवलपुरका विद्यालयहरू आज बन्द गरिएको छ ।

बंगालको खाडीको मध्य पश्चिमी भागबाट विकसित भएको चक्रवात ‘फानी’को प्रभाव आज ‘शुक्रबार’ नेपालमा पनि देखिने र सतर्क हुन आग्रह गरिए बमोजिम सूचना जारी गरेर विद्यालय बन्द गरिएको हो ।

पोख्रेलले हावाहुरीले उत्पन्न गराउने त्रास र सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्द गरिएको विद्यालय स्रोतले जनाएको छ ।

स्रोत भन्छ, विद्यालय बन्द गराइन नपाइने हो तर बालबालिकामा उत्पन्न हुने त्रास र सम्भावित जोखिमका कारण शुक्रवार एक दिनलाई सूचना जारी गरेर बन्द गर्न लागेका हौं ।”

नवलपुरको कावासोतीमा बिहानदेखि वर्षा भइरहेको छ । हावाहुरीका कारण हुन सक्ने जोखिमलाई कम गर्न कावासोती नगरपालिकाका सबै विद्यालय आजलाई बन्द गरिएको छ । त्यसैगरी गैंडाकोट, देवचुली, लगायतका पालिकाहरुमा पनि विद्यालय बन्द गरिएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा