२२ मंसिर २०७८, बुधबार
नेपाल प्रहरी

गुडिरहेको बस बीच सडकमै पल्टिदाँ १२ जना घाइते, प्रहरीद्धारा उद्धार

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १३:५३


informatio-minister

काठमाडौं । साँखुबाट रत्नपार्कतर्फ आउदै गरेको यात्रुबाहक बस बीच सडकमै पल्टिदाँ १२ जना घाईते भएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार साँखु गणेश भैरव यातायातको बा४ख ५९३२ नम्बरको बस बिहान ९ः३० बजेतिर बौद्व टुसालको बीच सडकमै दुर्घटना भएको हो ।police-bikram

दुर्घटनामा परेका घाइते यात्रुहरुको उद्धारमा बौद्ध बृत्तका डीएसपी नरेन्द्र चन्द तथा इन्सपेक्टर प्रदीप पौडेल लगाएतको प्रहरी टोली फिल्ड मै खटिएको थियो । प्रहरी र स्थानियको सहयोगमा घाईतेहरुलाई ओम अस्पताल र स्थानीय अस्पतालमा उपचार गराईएको छ । पल्टिएको बसलाई क्रेन ल्याएर तत्काल हटाईएको छ ।

प्रहरीका अनुसार बसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा