८ माघ २०७८, शनिबार

एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १४:०९


hatkadi

कराँची । पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् ।

स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताए । उनले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिए ।

कराची बाहिरको लर्काना शहरका १८ जना बालबालिकामा एचआइभी सङ्क्रमित भएको पाइएपछि स्वास्थ्य अधिकारीहरुले थप अनुसन्धान गरेका थिए । त्यसपछि दर्जनौं अरु सङ्क्रमितहरु भेटिएका थिए ।

सिन्ध प्रान्तका स्वास्थ्य मन्त्री अजरा पेचुहोले पनि चिकित्सक पक्राउ परेको जानकारी दिए । सङ्क्रमित बालबालिकाका बाबुआमाको पनि रक्त परीक्षण गरिएको तर उनीहरुमा एचआइभी देखिएन, मन्त्री पेचुहोले भने।

पाकिस्तानमा एचआइभी सङ्क्रमितको संख्या कमै छ तर पछिल्लो समय यो फैलिने क्रम जारी छ । खासगरी सिरिन्जबाट लागूऔषधका प्रयोगकर्ता, यौनकर्मी र खाडी राष्ट्रबाट फर्किएका आप्रवासी कामदारमा एचआइभी भेटिने गरेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा