Advertisement

काठमाडौं । जनता बैंक नेपाल लिमिटेड र बिराट मेडिकल कलेज शिक्षण अस्पताल तथा बिराटनगर अस्पताल प्रा.लि.बीच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि संझौता सम्पन्न भएको छ ।

विशेष गरी प्रदेश नं. १ का ग्राहकको सुविधालाई मध्येनजर गरी दुवै अस्पतालसँग गत बैशाख १५ गते संझौता भएकोे हो । संझौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त सुविधा उपभोगका लागि अस्पतालको बिल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटीएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी छुट सुविधा लिन सक्नेछन् ।

Advertisement
Advertisement