आगामी आवदेखि सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा
इन्द्र रिजाल
बैशाख २०, २०७६ शनिबार १:१०:४८
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशका प्रमुख शहरमा विद्युतीय बस सञ्चालनमा ल्याउने नीति ल्याएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सङ्घीय संसद् ‘राष्ट्रिय सभा÷प्रतिनिधिसभा’ को संयुक्त बैठकमा प्रस्तुत गर्दै आगामी आवदेखि सबै प्रदेशमा विद्युतीय बस सञ्चालनमा ल्याउने बताए।
ठूला सार्वजनिक सवारीसाधन सञ्चालनलाई प्रोत्साहित गरिने तथा वायुमण्डलको स्वच्छता र जनस्वास्थ्यलाई ध्यानमा राखी विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गरिने नीति ल्याएको छ ।
काठमाडौँ उपत्यका र सातै प्रदेशका प्रमुख शहर तथा आसपासका क्षेत्रमा नेपाल सरकार, प्रदेश र स्थानीय तह एवं निजी क्षेत्रसमेतको सहभागितामा आगामी आवदेखि विद्युतीय बस सेवा सञ्चालनमा ल्याइनेछ ।
विद्युतीय सवारीसाधनको प्रयोगलाई देशव्यापी बनाउन पर्याप्त चार्जिङ स्टेशन स्थापना गरिनेछ । सरकारले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्यपछि सार्वजनिक परिवहन प्रणालीलाई व्यवस्थित गर्न यातायात प्राधिकरण स्थापना गर्ने भएको छ ।
सार्वजनिक यातायातका साधनमा यात्रा कार्डको व्यवस्था गरिनेछ सार्वजनिक यातायातलाई तोकिएको समयमा गन्तव्यमा पुग्ने व्यवस्था गर्ने नीति पनि सरकारले लिने भएको छ ।
हाल सार्वजनिक यातायातले जहाँतहीँ रोकेर यात्रुलाई दुःख दिने गरेका छन् । सवारीसाधन चढ्न यात्रुले घण्टौँ सडकमा कुर्ने गरेका छन् । सरकारले लामो समयदेखि उपत्यकामा विद्युतीय बसको आवश्यकता ठहर गर्दै बस सञ्चालनमा ल्याउने तयारी गरेको थियो ।
त्यसैगरी सरकारले उपत्यकामा हरियाली प्रवद्र्धन र स्वच्छ वातावरण निर्माणका लागि स्वच्छ प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आवलाई वृक्षरोपण वर्ष घोषणा गरी काष्ठ, गैरकाष्ठ र फलफूलका बिरुवा रोपण गर्ने कार्यक्रम छ ।
जडीबुटीलगायत वनमा आधारित हरित उद्योग तथा व्यवसायको प्रवद्र्धधन तथा विस्तार गरिनेछ । नदी प्रणाली र जलाधारमा आधारित वन व्यवस्थापन गर्दै माथिल्लो तटीय क्षेत्रमा बायो इञ्जिनियरीङसहितको फलफूल खेती, भावर र भित्री मधेशमा कृषि वन र तराईमा व्यापक वृक्षरोपणसहितको वन विकास कार्यक्रम सञ्चालन गरिने नीति छ ।
सरकारको नीति तथा कार्यक्रममाथि दुवै सदनमा केही दिन छलफल हुने र त्यसमाथि सांसदले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम छ । त्यसपछि उक्त नीति तथा कार्यक्रम पारितका लागि दुवै सभामा निर्णयार्थ प्रस्तुत भई पारित हुनेछ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपवीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
व्यवसायीलाई जरिवाना बढी भयोः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
माघ १५, २०८० सोमबार
तेस्रो मुलुकका लागि निर्यातको शुभारम्भ
माघ १२, २०८० शुक्रबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार
नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त
बैशाख ८, २०८१ शनिबार
रुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
मौरीपालक कृषक बढ्दै ,उत्पादन घट्दै
बैशाख ८, २०८१ शनिबार