१९ मंसिर २०७८, आईतवार

राष्ट्रियसभाद्वारा धन्यवाद प्रस्ताव पारित

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार १९:५२


गणतन्त्रलाई थप सुदृढ तुल्याउन राष्ट्रपति भण्डारीको आह्वान

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।

सांसद दीनानाथ शर्माले प्रस्तुत गरेको सो प्रस्तावलाई वृषेशचन्द्र लालले समर्थन गरेका थिए । सो प्रस्तावलाई बैठकको सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रमको प्रति टेबल गरेका थिए ।  राष्ट्रपति भण्डारीले आजै संयुक्त सदनमा आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २३ गते दिउँसो १३ बजे बस्नेछ । राष्ट्रियसभामा सरकारको नीति तथा कार्यक्रम माथि यही वैशाख २३ र २४ गते छलफल हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?