२२ मंसिर २०७८, बुधबार

कांग्रेस भन्छ, ‘सरकारले नयाँ नीति तथा कार्यक्रम ल्याउनै सकेन’

प्रकाशित मिति :  २० बैशाख २०७६, शुक्रबार २०:१९


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता भएको टिप्पणी गरेको छ ।

शुक्रबार संसद भवन नया बानेश्व्रमा सञ्चारकर्मीसंग कुरा गर्दे काग्रेसका उपसभापति बिजयकुमार गच्छदारले नीति तथा कार्यक्रममा सरकारले कुनै नयाँ कुरा ल्याउन नसकेको बताएका हुन् ।

उनले सरकारले यसअघि सुरु गरेका आयोजनाहरु अझै पनि सुरु हुन नसकेको भन्दै नीति तथा कार्यक्रममा भएका बिषयमा बिश्वास गर्न नसकिने उल्लेख गरे ।

त्यस्तै नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको नीति तथा कार्यक्रम एउटा निबन्ध मात्र भएको टिप्पणी गरे ।

उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्ने बिषयमा नीति तथा कार्यक्रम मौन रहेको तर्क गरे । त्यस्तै राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले सरकारले कुनै पनि उत्कृष्ठ कार्यक्रम ल्याउन नसकेको बताए ।

नीति तथा कार्यक्रम बाचन गर्दा राष्ट्रपतिले मेरो सरकार भनेर गणतन्त्रलाई नै खिल्ली उडाउने काम भएको उनले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा