१३ माघ २०७८, बिहीबार

प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यन्वयन गरेरै छोड्ने

प्रकाशित मिति :  २१ बैशाख २०७६, शनिबार १९:२८


प्रधानमन्त्री ओलीले साँझ ७ बजेसम्म सर्वसाधारण टीका लगाइदिने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रम देखाउन र भन्नका लागि मात्र नभएको बताएका छन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यन्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाए ।

नीति तथा कार्यक्रमलाई पास गर्न सबै सांसद एक हुन उनले निर्देशन पनि दिए । नीति तथा कार्यक्रममा नपरेका विषय बजेटमा समेट्न सकिने उनको भनाई छ । उनले नीति तथा कार्यक्रम कार्यान्वयन गरेरै छोड्ने आफ्नो प्रतिबद्धतालाई साथ दिन सांसदहरुलाई आग्रह गरे ।

जनतालाई मध्यनजर राखी बजेट सरकारले पेश गर्ने भन्दै उनले बजेटको बारेमा अलि गम्भीर छलफल गर्ने र नीति तथा कार्यक्रम पास गर्नुपर्ने धारणा पनि राखे । उनले नीति तथा कार्यक्रममा केहि छैन भन्नु बिना अध्ययनको टिप्पणी भएको तर्क गरे ।

बैठकमा उहाले सरकारको संरचनाको माथिल्लो तहमा बसेको प्रतिनिधीले सरकारलाई मेरो भन्नु कुनै अनौठो नरहेको समेत स्पष्ट पारे ।

उनले राज्यको माथिल्लो तह राष्ट्रपति भएको भन्दै राष्ट्रपतिले देशलाइ आफ्नो भन्दा पनि विरोध गर्नु कुनै तर्कसंगत नहुने धारणा राखे ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा