१३ माघ २०७८, बिहीबार

आइपिएलमा दिल्लीसँग हारेपछि राजस्थान बाहिरियो

प्रकाशित मिति :  २१ बैशाख २०७६, शनिबार २१:०१


एजेन्सी । इन्डियन प्रिमियर लिग आइपिएलमा दिल्ली क्यापिटल्स सँग पराजित भएपछि राजस्थान रोयल्स बाहिरिको छ । शनिबार घरेलु मैदानमा ११६ रनको लक्ष्य पछ्याएको दिल्लीले ५ विकेटको जित दर्ता गर्यो ।

दिल्लीको जितका लागि रिसभ पन्तले अविजित ५३ रनको योगदान गरे । अन्य ब्याट्सम्यानले उल्लेखनीय रन बनाउन सकेनन् । यसअघि टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदा २१५ रन मात्र बनाउन सक्यो ।

दिल्लीका बलर इशान्त शर्मा र अमित मिश्राले ३–३ विकेट लिएपछि र ट्रेन्ट बोल्टले २ विकेट लिएपछि राजस्थान सस्तैमा सिमित भएको हो । राजस्थानका लागि रियान परागले धैर्य प्रदर्शन गर्दै अर्धशतक पुरा गरे ।

४९ बल साना गरेर ५० रन बनाएका उनी इनिङको अन्तिम बलमा ट्रेन्ट बोल्टबाट आउट भए । साथै, पराग आइपिएलमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरको खेलाडी पनि बनेका छन् ।

परागबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । लियाम लिभिङस्टोन १४ रन र श्रेयस गोपाल १२ रनमा आउट भए । उनीहरु बाहेक अन्य खेलाडीले दोहोर अंक पुरा गर्न सकेनन् ।

हारसँगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको छ भने दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले यसअघि नै प्ले अफमा आफूलाई सुरक्षित गरिसकेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा