८ माघ २०७८, शनिबार
राजनीति

नीति तथा कार्यक्रममा छलफल हुँदै

प्रकाशित मिति :  २२ बैशाख २०७६, आईतवार ११:५७


स्केच–नीति

काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६/७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आजको कार्यसूचीअनुसार नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तुत हुने र सम्बोधनमा छलफल हुनेछ ।

सदनमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल, नेपाली कांग्रेसका डा. मीनेन्द्र रिजाललगायत २३ जना, राष्ट्रिय जनता पार्टी नेपालका राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी र चन्द्रकान्त चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा