८ माघ २०७८, शनिबार
विज्ञान / प्रविधि

सरकारी सर्भर बन्द, देशभर सेवा प्रभावित

प्रकाशित मिति :  २२ बैशाख २०७६, आईतवार १३:३१


pm-gov.np

काठमाडौं । देशभरका सरकारी कार्यालयका वेबसाइट बन्द भएका छन् । जसका कारण अनलाईनसँग सम्बन्धित सरकारी कामकाज लिने सेवाग्राहीहरु मर्कामा परेका छन् । सरकारी सिस्टम gov.np बन्द (डाउन) भएपछि देशभरका सवारी वेबसाइट नखुलेका हुन् । सरकारी सर्भर बन्द भएपछि देशरभरका सरकारी सेवा प्रभावित भएका छन् जसका कारण सेवाग्राही प्रभावित बनेका छन् ।gov.np

हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । सर्भर बन्द भएपछि देशभरका विभिन्न सरकारी कार्यालयमा अनलाइनबाट हुने काम बन्द भएको हो । विशेष गरी मालपोत, यातायात, राहदानी लगायतका विभागका सेवाग्राही सर्भर डाउन भएपछि समस्यामा परेका छन् । एकीकृत सर्भरमा आवद्ध भएका सरकारी कार्यालयमा अनलाइनमा आधारत कामकाज ठप्प भएको छ ।

सरकारी कार्यालयहरुमा पछिल्लो सयममा अनलाइन सेवा दिने क्रम बढेपनि त्यसअनसुसार सर्भरको क्षमता विस्तार नगर्दा समस्या भएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (जीआईडीसी)ले जनाएको छ । एकैपटक सर्भरमा उच्च ट्राफिक आउँदा सर्भर डाउन भएको केन्द्रले जनकारी दिएको छ ।

जीआईडीसीका सहकायक निर्देशक रमेश पोखरेलका अनुसार सर्भर बन्दहुने समस्या बारम्बार देखिने गर्छ । उनले आज देखिएको समस्या समाधान भइसकेको दाबी गरेपनि यो समाचार तयार पार्दासम्म सरकारी कुनै पनि वेवसाइट खुलेको छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा