२२ मंसिर २०७८, बुधबार
स्कुल / कलेज

ख्वपले दियो ८० विद्यार्थीलाई छात्रवृत्ति

प्रकाशित मिति :  २२ बैशाख २०७६, आईतवार १७:२२


khwopa

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसले स्नातक तह पहिलो र दोस्रो वर्ष, बिबिएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

आज कलेजमा आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सो छात्रवृत्ति वितरण गरेका हुन् ।

भक्तपुर नगरपालिकाले विद्यार्थीहरुलाई पाँच लाखसम्मको छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको बताउँदै उनले भनपामा बस्ने हरेक नागरिक स्वस्थ र शिक्षित होस् भन्ने उद्देश्यले नगरपालिकाले शिक्षा र स्वास्थ्यमा लगानी बढाएको बताए ।

ख्वप कलेजका प्राचार्य रूपक जोशीले विश्वविद्यालयले निर्धारण गरेको प्रावधानमा रहेर कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा