१३ माघ २०७८, बिहीबार
राजनीति

ने क पाको निर्णयविरुद्ध आजबाट अनिश्चितकालीन विराटनगर बन्द

आफ्नै पार्टीको निर्णयविरुद्ध शान्तिपूर्ण दबाव समूह

प्रकाशित मिति :  २३ बैशाख २०७६, सोमबार १०:२४


closed-biratnagar

विराटनगर । सत्तारुढ दल ने क पाले गरेको निर्णयविरुद्ध आज विराटनगरमा प्रदर्शन भएको छ । प्रदेश नं. १ को राजधानी विराटनगरलाई बनाउने र त्यसका संरचना वृहत विराट क्षेत्र विकासअन्तर्गतका इटहरी र सुन्दरहरैचामा राख्ने निर्णय गरेको थियो ।

ने क पाले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै विराटनगरका राजनीतिक दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएका हुन् । अनिश्चितकालीन बन्दसहितको संघर्षका कार्यक्रम राखेर विभिन्न दल तथा पेशाकर्मीहरु संघर्षमा उत्रिएपछि विराटनगरको जनजीवन आज बिहानैदेखि प्रभावित बनेको छ ।

प्रदेश १ का संरचनाहरु इटहरी र सुन्दरहरैचामा नराखेर विराटनगरमै राख्नुपर्ने माग उनीहरुको छ । प्रदेश १ राजधानी सार्ने षड्यन्त्र भएको आरोप लगाउँदै उनीहरुले विराटनगरलाई नै राजधानी बनाउने सुनिश्चितता गर्न पनि माग गरेका छन् ।

शान्ति पूर्ण दबाव समितिमा कांग्रेस, संघीय समाजवादी फोरम, राजपादेखि विराटनगरका उद्योगी, व्यवसायीहरु छन् । स्वयं ने क पा विराटनगरसमेत आफ्नै पार्टीको निर्णयविरुद्ध शान्तिपूर्ण दबाव समूहमा मिसिएको छ ।

अनिश्चितकालीन विराटनगर बन्दले सोमबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ । उद्योग, कलकारखाना तथा बजार खुलेका छैनन् भने लामो तथा छोटो दूरीका सवारी नचल्दा आवतजावतमा असर परेको छ । यद्यपि, शैक्षिक संस्थामा भने बन्दको असर देखिएको छैन । बन्दकर्ताहरु बिहानैदेखि नाराबाजी गर्दै सडकमा निस्किएका छन् । बन्दले मानिसको दैनिक जनजीवन प्रभावित पारेको छ भने अहिलेसम्म अप्रिय घटना घटेको छैन । ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा