आज साँझबाट सीमा नाका सञ्चालन हुने, कुँवरलाई ५ लाख सहयोग
इन्द्र रिजाल
बैशाख २३, २०७६ सोमबार १८:४९:५५
नेपालगञ्ज । भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ ।
तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल हिँडेर आउन दिइए पनि आज निर्वाचनको दिन पूर्णरुपमा आवागमन ठप्प हुने भारतीय सुरक्षा निकायले जनाएको छ ।
भारतको उत्तर प्रदेशमा वैशाख २३ गते हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा समन्वय समितिको संयुक्त बैठकले शनिबार साँझ ६ बजेदेखि सोमबार २३ गते साँझ ६ बजेसम्म बाँके र बर्दियाको नेपाल–भारत सीमा नाका बन्द हुने सहमति गरेको थियो ।
विन्दु कुँवरलाई सहयोग
लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी महिला विकास निरीक्षक विन्दु कुँवरलाई उपचार सहयोगार्थ रु ५ लाख ५४ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
विन्दु कुँवर उपचार सहयोगार्थ समितिले सङ्कलन गरेको सो रकमको चेक आज आयोजित कार्यक्रममा कुँवरलाई हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणा र समितिका सहसंयोजक नमस्कार शाहले सो सहयोगको रकमको चेक कुँवरलाई प्रदान गरेका थिए ।
सोही अवसरमा उपमहानगरपालिका प्रमुख राणाले आफ्नो एक महीनाको तलबभत्ता बराबरको रु ५० हजारको चेक पनि कुँवरलाई हस्तान्तरण गरेका थिए । कुँवरले उपचार गर्दागर्दै आफ्नो सबै सम्पत्ति सकिएको उल्लेख गर्दै अन्तमा आएर सहयोगका लागि सहयोगार्थ समितिको साथ लिनुपरेको बताए ।
बाँकेको महिला तथा बालबालिका कार्यालयमा लामो समय काम गरेकी कुँवर हाल महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा कार्यरत छिन् । कुँवर पाठेघर, बोन क्यान्सरबाट पीडित भई उपचार गरारहेकी छिन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
सुनकोशीमा बेपत्ता तीनमध्ये बालिकाको शव फेला
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार