२२ मंसिर २०७८, बुधबार

सुडानमा आगलागी : ३१ को मृत्यु, ६८ घाइते

प्रकाशित मिति :  २४ बैशाख २०७६, मंगलवार २१:४९


जुबा । दक्षिणी सुडानमा भएको आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको लोल क्षेत्रमा पर्ने कोर्कोमा भएको आगलागीमा परी अरू ६८ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् ।

आगलागी गत आइतबार राति भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् । सूचना, युवा र संस्कृतिमन्त्री मिचेल माथोक वालले दिएको जानकारीअनुसार आगलागीका कारण १३८ वटा घरमा क्षति पुगेको छ ।

त्यसैगरी दश हजारभन्दा बढी जनावर पनि मरेको समाचारमा जनाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा