१९ मंसिर २०७८, आईतवार

तनहुँबाट चन्द समूहका दुई जना पक्राउ

प्रकाशित मिति :  २४ बैशाख २०७६, मंगलवार २२:००


दमौली । नेत्रविक्रम चन्द समूहका दुई जना कार्यकर्तालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ नाला बस्ने ६६ वर्षीय शिवशङ्कर अधिकारी र व्यास नगरपालिका वडा नं ७ सत्रसय बस्ने ४१ वर्षीय विवेक भन्ने टेकबहादुर विक रहेका छन् ।

उनीहरुलाई भानु नगरपालिका वडा नं २ आमबोटेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।

पक्राउ पर्ने मध्ये अधिकारी चन्द समूहको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य एवं जनसरकार प्रमुख र विक जिल्ला सदस्य हुन् । पक्राउ परेका विरुद्ध आज नै तनहुँ जिल्ला अदालतबाट राजद्रोह मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा