fbpx

बैवाहिक जीवनमा बाधिए दीवाकर र दीपिका



नेपालबहस संवाददाता
 




काठमाडौं । निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइँ बैबाहिक जीवनमा बाँधिएका छन् । मंगलवार धनगढीमा हिन्दू परम्पराअनुसार दुबै बैवाहिक जीवनमा बाधिएका हुन् ।

कागजी रूपमा भने यो जोडीले केही वर्ष अगाडि नै बिवाह गरेका थिए । यो जोडीको विवाहको एक तश्बिरमा बाहिर आएको छ । दुलहा दुलहीको पहिरनमा दुबै निकै सुन्दर देखिएका छन् ।

बिवाह समारोहमा दुबैका परिवारको तथा आफन्तको उपस्थिति रहेको थियो । फिल्म ऐश्वर्यको सेटमा भेट भएका यो जोडीको प्रेम त्यहीबाट अंकुराएको थियो ।

दीवाकर फिल्मका निर्देशक थिए भने दीपिका अभिनेत्री थिईन् । गत फागुनमा दुई बीच इन्गेजमेन्ट भएको थियो ।


सम्बन्धित समाचार