१९ मंसिर २०७८, आईतवार

मेस्सी र क्रिस्टियानो रोनाल्डो बिनाको च्याम्पियन्स लिग फाइनल

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार ०९:३३


ncb-ceo-sunil-kc

एजेन्सी । यो सिजनमा सन् २०१३ यता १ पटक उपाधि जिताउने मेस्सी र ३ पटक जिताउने रोनाल्डो विश्व फुटबलका स्टार बिना नै च्याम्पियन्स लिगको फाइनल हुने भएको छ ।

सन् २०१३ यता पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । आयाक्सले क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्ट्सलाई च्याम्पियन्स लिगको क्वाटरफाइनलमा रोकेको थियो ।

रोनाल्डोको यात्रा अन्त्य भएपछि मंगलबार राति लिभरपुलले अर्का स्टार लियोनेल मेस्सीको फाइनल यात्रामा समेत ढोका लगाएका हुन् ।

लिभरपुलले घरेलु मैदान एन्फिल्डमा भएको खेलमा बार्सिलोनलाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेपछि बार्सिलोनाको यात्रा पनि रोकिएको हो ।

सन् २०१३ को च्याम्पियन्स लिग फाइनलमा मेस्सी र रोनाल्डो नखेल्दा जर्मनीका दुई क्लब भिडेका थिए । त्यसबेला बायर्न म्युनिखले बोरुसिया डर्टमुन्डलाई २-१ ले हराएको थियो ।

यसपटक इंग्लिस क्लब लिभरपुलले दोस्रो सेमिफाइनलमा आयाक्स र टोटेनहमको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल जुन १ मा म्याड्रिडमा हुनेछ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा