६ माघ २०७८, बिहीबार

मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १२:५३


मेक्सिको । मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए।

उनले मृत्यु भएका व्यक्तिमध्ये सात जनाको शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु छ जनाको शरीर टुक्राटुक्रा भएको पनि उनले जानकारी दिए ।

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्कबिहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण बिमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा