३१ भाद्र २०७८, बिहीबार
समाज

रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु, ४ दिनपछि भोटो जात्रा

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १२:५८


काठमाडौं । अन्न र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ । रथलाई आज पुल्चोकबाट सांस्कृतिक बाजागाजाका साथ पाटनको गाः बहाल पुर्‍याइने छ ।

सँगै टंगाल टोलमा बनाइएको मीननाथको रथ पनि तानेर गाः बहाल पुर्‍याइने छ । रथ यात्राको पहिलो दिन पुल्चोकका बासिन्दाले भने जात्रा मनाउँदैनन् ।

लगनखेलस्थित थति टोलबाट जावलाखेलतर्फ तान्दा मात्र पुल्चोकका बासिन्दाले जात्रा मनाउने गर्छन् । आज भने गाः बहालका बासिन्दाले जात्रा मनाउँछन् ।

यसक्रममा मच्छिन्द्रनाथको रथ गाः बहालबाट नुगः सुन्धारातर्फ तानिनेछ । रथ जावलाखेल पुगेको ४ दिनपछि भोटो जात्रा मनाइन्छ । भोटो जात्रा सकेपछि मच्छिन्द्रनाथको रथलाई सानो खटमा बोकेर बुङ्मतीस्थित मन्दिरमा पुर्‍याइने छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा