७ आश्विन २०७८, बिहीबार

महानगरीय प्रहरी परिसरको जिम्मा एसएसपी सुवेदीलाई

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १५:२१


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौं जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक ‘एसएसपी’ उत्तमराज सुवेदीले सम्हालेका छन्।

बुधलबार काठमाडौं परिसरमा आफू मातहतका प्रहरी तथा सम्पूर्ण वृतका प्रहरी नायव उपरीक्षक ‘डिएसपी’ हरूलाई निर्देशन दिँदै उनले जिम्मेवारी सम्हालेका हुन्।

परिसरमा भएको एसएसपी वसन्त लामाले सुवेदीलाई स्वागत गरेका थिए। केही दिनअघि मात्रै प्रहरी हेडक्वाटरले उनीहरूको सरुवा गरेको थियो।

यसअघि एसएसपी सुवेदीले प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए। काठमाडौं परिसरका एसएसपी वसन्त लामाको भने लागु औषध नियन्त्रणमा ब्यूरो कोटेश्वरमा सरुवा भएको छ।

आफ्नो कार्यकालमा भएका कामहरूको बारे जानकारी दिँदै एसएसपी लामाले विभिन्न माध्यमबाट काठमाडौं प्रहरीलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै बिदा भएका छन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा