८ आश्विन २०७८, शुक्रबार

बेनीमा बस दुर्घटना हुँदा १२ जना घाइते

प्रकाशित मिति :  २५ बैशाख २०७६, बुधबार १८:५२


म्याग्दी । म्याग्दी सदरमुकाम बेनीबाट १२ जना यात्रु बोकेर तोरीपानीतर्फ गइरहेको ना ५ ख ५७२४ नम्बरको बस दुर्घटना भएको छ ।

बुधवार साँझ करिव ५ बजेतिर बेनी नगरपालिका–९ भुतादैला नजिकबाट तल खस्दा सवार सबै यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बेनीले जनाएको छ ।

स्थानीय शिक्षक हरिप्रसाद ढुंगानाका अनुसार बस दुर्घटनामा परी पूर्व सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका बनेपा–९ का यामबहादुर चोखाल, सोही ठाउँका रुद्रबहादुर चोखाल, पुष्कर शर्मा ओखले, वसन्त शर्मा ओखले, सागर बानियाँ लगायत रहेका छन् ।

घाइतेलाई उपचारका लागि बेनी अस्पतालतर्फ लगिएको छ । बस सडकदेखि अन्दाजी ७ मिटर तल खसेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा