८ आश्विन २०७८, शुक्रबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धक्का : नेपाली १.१७ विलियन डलर नोक्सान

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार ०६:४८


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापारबाट १.१७ विलियन डलर नोक्सानी बेहोर्नुपरेको खुलासा भएको छ । नेपाली रुपैयाँलाई आधार मान्ने हो भने यो बजेट १ खर्ब रुपैयाँभन्दा बढी हुन आउँछ ।

न्युयोर्क टाइम्सले राष्ट्रपति ट्रम्पले बुझाएको आयकर दस्तावेजका आधार यो निश्कर्षसहितको समाचार बाहिर ल्याएको हो । डोनाल्ड ट्रम्पलाई सबैभन्दा बढी व्यापार घाटा सन् १९८५ देखि १९९४ सम्मको अवधिमा भएको देखिन्छ ।

जबकि त्यसबेला उनी अमेरिकाको सत्ता नेतृत्वमा पुगेकै थिएनन् । न्युयोर्क टाइम्सका अनुसार सन् १९९० देखि १९९१ को बीचमा उनलाई २५० विलियन डलर नोक्सान भएको थियो ।

यो त्यसबेला अमेरिकाले जम्मा गर्ने कुल आयकरभन्दा केही बढी हो । पछिल्लो हप्ता पनि ह्वाइट हाउसका एक अधिकारीले राष्टपति ट्रम्पको व्यापार घाटा चुलिएको भन्ने भनाई उदृत गर्दै टाइम्सले समाचार लेखेको थियो ।

यद्यपि, न्युयोर्क टाइम्सको सो समाचारको खण्डन गर्दै राष्ट्रपति ट्रम्पका वकिल चाल्र्स हार्डरले पछिल्लो ३० वर्षयता उनको व्यापार ठिक ढंगले चलिरहेको दाबी गरेका थिए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा