८ आश्विन २०७८, शुक्रबार
खोज / विशेष

रुपन्देहीको सालझण्डीबाट गुल्मीको रुरु गाउँपालिका जोडिदै

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार १०:२२


krisi-sadk

रुपन्देही । पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डीबाट शुरु भएर पाल्पाको रैनादेवी छहरा जुठापौवा सुँगुरढुङ्गा सडक विस्तार कार्य शुरु भएको छ । सडक निर्माणकार्यको बुधबार प्रदेश नं ५ का भौतिक पूर्र्वाधार विकासमन्त्री वैजनाथ चौधरीले शुभारम्भ गरेका छन् ।

उनले  कृषिको बजारीकरण तथा ग्रामीण पर्यटनको प्रवर्धनमा सघाउ पुग्ने भएकाले सम्भावित रणनीतिक सडकअन्तर्गत विस्तार र स्तरोन्नति थालिएको बताए ।

कृषि सडकका रूपमा ट्र्याक मात्रै खुलेको सडकलाई मोटरबाटो गुड्ने गरी विस्तार शुरु गरिएको हो । सडक राजमार्ग क्षेत्रबाट २६ किलोमिटर लम्बाइको छ । त्यसलाई साढे ६ मिटर चौडा बनाइएको छ भने पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको सालझण्डीबाट शुरु भएर पाल्पाको रैनादेवी छहरा गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिका हुँदै गुल्मीको रुरु गाउँपालिकामा जोडिनेछ ।

सालझण्डी जुठापौवा सुँगुरढुङ्गा सडक निर्माणका लागि सङ्घीय सरकारको सशर्त अनुदानबाट रु ५० लाख बजेट विनियोजन भएको छ । त्यसमध्ये चालू आर्थिक वर्षमा रु २७ लाख ३६ हजारमा भावना कन्स्ट्रक्सनले ठेक्का लिएको छ । प्रदेशसभा सदस्य भूमिश्वर ढकालले लुम्बिनी आउने पर्यटकलाई ग्रामीण क्षेत्रमा घुमाउन र बसाइ अवधि बढाउनसमेत सडक उपयोग गर्ने बताए।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता