७ आश्विन २०७८, बिहीबार

आज कानून दिवस, विविध कार्यक्रम गरि मनाउँदै

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार १०:५२


काठमाडौं । कानून र न्याय क्षेत्रमा संलग्नहरुले बुधबार आज विविध कार्यक्रम गरि कानून दिवस मनाउँदै छन् ।प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले ‘कानून दिवस, २०७६’ का अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीश राणाले जारी गरेको सन्देशमा भनिएको छ, “स्वतन्त्र न्यायपालिका, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं लोकतान्त्रिक मूल्य र मान्यताप्रति प्रतिबद्ध रहँदै निष्पक्ष र सक्षम न्यायपालिका प्रवर्द्धन र सहज पहुँच पुग्ने विश्वास लिएको छु ।”

जनआस्थामा आधारित न्याय पद्धतिको स्थापना र विकास गर्न दिवसले थप हौसला प्रदान गर्ने विश्वास सन्देशमा गरिएको छ ।

कानूनी इतिहासलाई हेर्दा न्यायपालिकासम्बन्धी संवैधानिकरूपमा कानूनी व्यवस्था नै नभएको पञ्चायती शासन व्यवस्थामा पनि स्वतन्त्र न्यापालिका बनाउन निष्पक्ष न्याय दिन राम्रो अभ्यास भएको देखिन्छ ।

नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानले तत्कालीन पञ्चायती व्यवस्था र संविधानले न्यायपालिका राज्यको छुट्टै अङ्ग हो भनेर नमानेको अवस्थामा स्वतन्त्र न्यायपालिकाको जग बसाल्ने काम गरे ।

जुन नेपाली न्यायलयको इतिहासमा काशेढुङ्गाकै रूपमा सावित भयो । पहिलो प्रधानन्यायाधीश प्रधानले बसालेको न्यायालयको जगमा त्यसपछिका प्रधानन्यायाधीश अनिरुद्रप्रसाद सिंह र हरिप्रसाद प्रधान, भगवतीप्रसाद सिंह र रत्नबहादुर विष्टले स्वतन्त्र न्यायपालिकाको विकासमा योगदान गरे ।

वर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराले न्यायलयको शुद्धीकरण अभियान सुरु गरेका छन् । त्यो कदमले नागरिकमा निष्पक्षरूपमा न्याय पाउने आशा बढेको छ ।

नेपालमा विसं २००८ मा प्रधानन्यायलयको ऐन जारी भई विसं २००९ वैशाख २६ गते तत्कालीन राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा कानून दिवस मनाउन लागिएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा