fbpx

रोनाल्डो नेसन्स लिगका लागि टिममा उपलब्ध हुने



नेपालबहस संवाददाता
 




एजेन्सी । रसिया विश्वकपपछि विश्राम र चोटका कारण टिम बाहिर रहेका सुपरस्टार कप्तान क्रिस्टियानो रोनाल्डो नेसन्स लिगका लागि टिममा उपलब्ध हुने भएका छन् ।

पोर्चुगलले यसै समरमा नेसन्स लिगका सेमिफाइनल र फाइनल खेल आयोजना गर्दैछ । खेलहरु जुन ५ जुनबाट ९ जुनसम्म सञ्चालन हुनेछ । सेमिफाइनलमा आयोजक पोर्चुगलसँगै स्वीट्जरल्यान्ड, नेदरल्यान्ड र इंग्ल्यान्ड रहेका छन ।

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले नेसन्स लिगको लागि कप्तान रोनाल्डो टिममा रहने बताएका छन् । पछिल्लो समय रोनाल्डोले राष्ट्रिय टोलीबाट नियमित अवस्थामा घरेलु मैदानमा हुने नेसन्स लिगमा रोनाल्डो पुनः अनुपस्थित हुने हो कि भन्ने समर्थकको डर र चिन्तामा प्रशिक्षक सान्तोषले उनी उपलब्ध हुने स्पष्ट पारेको हो ।

रोनाल्डो विश्वकप फुटबलपछि नेसन्स लिगको समूह चरण र केही मैत्रीपुर्ण खेलमा उपस्थित थिएनन् । उनी मार्चमा भएको युरो २०२० छनोटका खेलमा भने उपलब्ध रहेका थिए ।

‘सिआर सेभेन टोलीमा पक्कै उपलब्ध हुनेछन् । नेसन्स लिगको लागि मे २३ मा टिमको घोषणा हुदैछ । म रोनाल्डोलाई टिममा समावेश गर्नेछु । उनले खेल्नेछन्, ’ प्रशिक्षक सान्तोषले स्पोर्टस् टीभीसँग कुराकानीमा भने, ‘यसअघि उनी टिममा उपलब्ध नहुनुमा विश्वकपपछिको विश्राम र चोट नै हो, हरु कुनै कारण छैन । अब उनी नियमित रुपमा टोलीमा रहनेछ ।’

पोर्चुगलको सर्वाधिक गोलकर्तासमेत रहेका रोनाल्डोले १५६ खेलमा ८५ अन्तर्राष्ट्रिय गोल गरेका छन् । नेसन्स लिगको सेमिफाइनलमा पोर्चुगलले स्वीट्जरल्यान्डसँग ५ जुनमा प्रतिस्पर्धा गर्दैछ । यो खेलमा जित निकाले पोर्चुगलले अर्को सेमिफाइनल नेदरल्यान्ड र इंग्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । फाइनल ९ जुनमा हुनेछ ।


सम्बन्धित समाचार