७ आश्विन २०७८, बिहीबार

दक्षिण कोरियाको राजधानी सोलमा त्रिपक्षीय सुरक्षा वार्ता शुरु

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार १३:१२


सोल । दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ ।

सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता रहेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने अनुमान गरिएको छ ।

गत शनिबार उत्तर कोरियाले पूर्वी तटीय शहर वोनसनबाट जापानी समुद्रमा छोटो दुरीको क्षेप्यास्त्र प्रहार गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा