३१ भाद्र २०७८, बिहीबार
खोज / विशेष

कृषि विकास बैंकको नाफा दुई अर्ब , ऋण लगानी एक खर्ब भन्दा माथि

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार १४:१९


krishi-bikash-bank

काठमाडौं। कृषि विकास बैंकले नाफा बढाएको छ। बैंकले ५.९८ प्रतिशतको खराव कर्जा घटाएर ४.२२ प्रतिशतमा झारेको छ। बैंकको नाफा २३ प्रतिशतले बढेको छ साथै बैंकले नौ महिनाको अवधिमा दुई अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकले गत वर्षको यही अवधिमा एक अर्ब ७९ करोड रुपैयाँ नाफा गरेको थियो। व्याज खर्चको तुलनामा व्याज आम्दानीमा उल्लेख्य सुधार गर्दा बैंकको नाफामा टेवा पुर्याएको हो।
बैंकले नौ महिनाको अवधिमा ५ अर्ब ३० करोड रुपैयाँ खुद व्याज आदानी गरेको छ।

अन्य बाणिज्य बैंकहरु निक्षेप भन्दा ऋण लगानीमा आक्रामक हुँदा कृषि विकासले भने ऋणको अनुपातमा निक्षेप संकलन धेरै गरेको देखिन्छ। बैंकले १६.२१ प्रतिशतले निक्षेप संकलन बढाउदा ऋण लगानी भने ११.१३ प्रतिशतले मात्रै वृद्धि गरेको हो।

नौ महिनाको अवधिमा बैंकले एक खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब १० अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी १४ अर्ब ४४ करोड रुपैयाँ छ भने जगेडा कोषमा १२ अर्ब ५६ करोड रुपैयाँ जम्मा भएको छ।

बैंकको खराव कर्जामा सुधार हुँदा नाफामा सुधार भएको हो। गत वर्ष ५.९८ प्रतिशत रहेको खराव कर्जा यो वर्ष ४.२२ प्रतिशतमा झारेको छ। स्प्रेड दर गत वर्षको भन्दा तल झारे पनि अझै नियामकीय व्यवस्था भन्दा बढी छ। प्रतिशेयर आम्दानी ६ रुपैयाँले बढेर २९ रुपैयाँ पुगेको छ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा