७ आश्विन २०७८, बिहीबार
राजनीति

वैकल्पिक राजनीति सशक्त बनाउन पार्टी एकीकरण : बाबुराम भट्टराई

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार १५:११


काठमाडौं । नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन् ।

पार्टी एकताप्रति असन्तुष्ट डेढ दर्जन केन्द्रीय सदस्यहरूसँग बिहीवार भेट गर्दै नेता भट्टराईले वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरेको स्पष्ट पारेका थिए । भट्टराईले समाजवादी पार्टीलाई अझ बलियो र सशक्त बनाउन असन्तुष्ट नेताहरूसँग आग्रह गरे ।

आफूहरुले पार्टीको नाम, झण्डा र नेतृत्व स्वीकार गरेर उपेन्द्रसामु समर्पण गरेको भन्दै निर्णय सच्चाउन ज्ञापनपत्रमार्फत् माग गरेको नयाँ शक्ति, पार्टीका केन्द्रिय सदस्य नारायण तिवारीले  जानकारी दिए ।

तिवारीका अनुसार असन्तुष्ट नेताहरुमा पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाल लगायत छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा