७ आश्विन २०७८, बिहीबार

प्रधानमन्त्रीको कार्यभार उपप्रम पोखरेललाई

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार १८:२७


काठमाडौं । प्रधानमन्त्रीको कार्यभार उपप्रम ईश्वर पोखरेललाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा रहेकाले उनको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक काम उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्ने गरी तोकिएको छ ।

राष्ट्रपतिको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार प्रधानमन्त्रीको सिफारिशमा संविधानबमोजिम रक्षामन्त्री पोखरेललाई उक्त जिम्मेवारी तोकिएको हो ।

प्रधानमन्त्री ओली भियतनाम र कम्बोडियाको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका हुन्।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा