११ आश्विन २०७८, सोमबार
राजनीति

बुढेसकालमा बेहुला बेहुली बन्दा यस्ता देखिए प्रचण्ड र सिता

पचासौँ विवाहोत्सव

प्रकाशित मिति :  २६ बैशाख २०७६, बिहीबार २२:३९


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहालबीच विवाह भएको ५०औँ वर्षगाँठ मनाइएको छ ।

प्रचण्ड निवास सुनाकोठीमा आज आयोजना गरिएको विवाहोत्सवमा उपराष्ट्रपति नन्दबहादुर पुन, कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगात स्थायी कमिटीका अधिकांश नेता, केन्द्रीय समितिका सदस्य, पार्टी कार्यकर्ताको सहभागीता थियो ।

सो समारोहमा समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगयतको उपस्थिती थियो । दाहाल र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा