७ आश्विन २०७८, बिहीबार
विदेश

बाल्यकालमा दुव्र्यवहार : युवा अवस्थामा विद्युतीय चुरोटको प्रयोगकर्ता

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ०६:३०


एजेन्सी । बाल्यकालमा दुव्र्यवहार भोगेका बालबालिकामध्ये धेरै जना युवा अवस्थामा विद्युतीय चुरोटको प्रयोगकर्ता हुने गरेको पाइएको छ ।

हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनले दुव्र्यवहार र विद्युतीय चुरोट प्रयोगको सम्बन्धलाई देखाएको हो । अध्ययनका क्रममा झण्डै २०८ जना सहभागी भएका थिए । अध्ययनमा सहभागीहरु १८ वर्षदेखि २१ वर्षसम्मका रहेका थिए ।

उनीहरुले बाल्यकालमा दुव्र्यवहार भोग्नु परेकै कारणले आफूहरु अहिले युवा अवस्थामा गलत लतमा फसेको बताएका थिए । गलत लतहरुमध्ये धेरैजसो विद्युतीय चुरोट प्रयोगको लतमा परेको अध्ययनकर्ताहरुको भनाइ छ । यो अध्ययनका मुख्य मुख्य तथ्यहरु अमेरिकी जर्नलले प्रकाशित गरेको छ ।

“धेरै युवाहरु जोसँग बाल्यकालमा दुव्र्यवहार, घृणाको अनुभव छ, हाम्रो अध्ययनले उनीहरुमध्ये धेरै जना विद्युतीय चुरोटको प्रयोगकर्ता भएको देखाएको छ,” एक अध्ययनकर्ताले भनेका छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा