१३ माघ २०७८, बिहीबार

पानी नपर्दा बाँकेको नेपालगञ्जसहित देशैभर गर्मी बढ्यो

मध्य र पूर्वी पहाडी भेगमा पानी पर्ने

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ०८:०२


काठमाडौं । देशैभर केही दिनदेखि पानी नपर्दा गर्मी बढेको छ । नेपालगञ्जको तापक्रम यो वर्षकै उच्च मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको छ ।

गएको वर्ष नेपालगन्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो । पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो ।

यस्तै हिजो धनगढीको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ४० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मौसम बदली भएसँगै बढ्दै गएको तापक्रम थोरै घट्ने मौसमविद् वरुण पौडेलको अनुमान छ ।

पश्चिमी वायुको प्रभावले अबको तीन दिन पहाडी क्षेत्रको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको उनले बताए। पश्चिमी तराई बाहेक पूर्व र मध्य क्षेत्रको तराईमा भने मौसम सफा हुनेछ ।

शुक्रबार दिउँसो काठमाडौसहित मध्य र पूर्वी पहाडी भेगको एकदुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने मौसमविद् पौडेलको अनुमान छ । तर ठूलो पानी पर्ने संभावना भने छैन ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा