८ माघ २०७८, शनिबार

आपराधिक गतिविधिलाई रोकथाम गर्न साइबर अपराध तालीम

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार ०९:१०


पोखरा । साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ ।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।

सो अवसरमा गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक दानसिंह बोहराले सहभागीलाई प्रमाणपत्र वितरण गर्दै आपराधिक कार्यमा प्रविधिको प्रयोगले अनुसन्धान वास्तवमै चुनौतीपूर्ण बन्दै गइरहेकाले अनुसन्धानमा प्रविधिको प्रयोगको विकल्प नरहेको बताए ।

तालीमसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै तालीम संयोजक प्रहरी निरीक्षक विष्णु विकले दिनप्रतिदिन प्रविधि र विकासको पहुँचले आपराधिक क्रियाकलापको अनुसन्धान जटिल बन्दै गएकाले प्रविधिसँग जानकार प्रहरी जनशक्ति उत्पादनका लागि तालीम सञ्चालन गरिएको बताए ।

समापन कार्यक्रममा सङ्घीय प्रहरी एकाइ कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह, प्रदेश ट्राफिक प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्याल, क्षेत्रीय सशस्त्र प्रहरी गण पोखराका प्रमुख लालमणि आचार्यलगायतको उपस्थिति थियो ।

अजितलाई सम्मान गरिने
एशियन युथ एथलेटिक्समा स्वर्ण पदकप्राप्त गरेका अजितकुमार यादवलाई पोखरामा सम्मान गरिने भएको छ । भुतपूर्व खेलाडी मञ्च नेपालले भोलि पोखरामा हुने १०औँ वार्षिक साधारणसभाको अवसरमा नगदसहित सम्मान गर्न लागेको हो ।

अजितले गत चैत महीनामा हङकङमा सम्पन्न ३००० मिटर दौड ८ मिनेट ३०ः३२ सेकेण्डमा पार गरेर नेपालका लागि स्वर्ण पदक जितेका थिए । सो जित युवा एथलेटिक्सले नेपालका लागि अन्तर्राष्ट्रिय ऐरिनामा बनाएको पहिलो रेकर्डसमेत हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा