७ आश्विन २०७८, बिहीबार

अनामनगरबाटै पक्राउ परे विप्लवका विद्यार्थी नेता ढकाल

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १३:१८


काठमाडौं । काठमाडौं अनामनगरबाटै प्रहरीले विप्लव समूहका विद्यार्थी नेता चिरञ्जीवी ढकाललाई पक्राउ गरेको छ ।

ढकाललाई शुक्रबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए । पक्राउ परेका ढकाल विप्लवको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष हुन् ।

अनामनगरमा प्रतिपक्ष दलहरूका ११ विद्यार्थी संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका बेला ढकाललाई प्रहरीले पक्राउ गरेको हो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा