७ आश्विन २०७८, बिहीबार

काङ्ग्रेसद्वारा आचार्यको निधनमा दुःख व्यक्त

प्रकाशित मिति :  २७ बैशाख २०७६, शुक्रबार १३:४८


नेपाली कांग्रेस

पर्वत । नेपाली कांग्रेस पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन भएका आचार्यप्रति दुःख व्यक्त गरेका छन् ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल समेत परेका थिए ।

    कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा आचार्यले पु¥याएको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ । कुश्मा नगरपालिका–५ निवासी स्वर्गीय आचार्यका दुई छोरी र दुई छोरा छन् ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा